कोसी प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय

मंगलबार, २३ जेठ, २०८०
डिजिटल संस्करण
कोसी प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय

मुख्यमन्त्री, हिक्मतकुमार कार्की

नेकपा माओवादी केन्द्रले कोसी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। 

मंगलबार बिहान बसेको प्रदेश पदाधिकारी बैठकले एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने निर्णय गरेको माओवादी केन्द्र प्रदेश सचिव तथा प्रदेश सांसद गणेश उप्रेतीले जानकारी दिए। 

उनका अनुसार अहिले प्रदेश संसदीय दलको बैठक बस्ने तयारी भइरहेको छ। प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईं भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन, वन तथा वातावरणमन्त्री छन्।

सुझावित समाचार