डेंगु रोकथाम र उपचारकाे माग गर्दै रास्वपाद्वारा संकल्प प्रस्ताव दर्ता

आइतबार, २१ जेठ, २०८०
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले डेंगु रोकथाम तथा उपचारका लागि सरकारलाई निर्देशन दिन संसद् सचिवालयमा संकल्प प्रस्ताव पेस गरेका छन्।

डेंगुको प्रभावकारी रोकथाम, प्रतिकार्य र उपचारको व्यवस्थाका लागि संसदमा गम्भीर छलफल गरी सरकारलाई निर्देशन दिन श्रेष्ठले संकल्प प्रस्ताव पेस गरेका हुन्। विश्व स्वास्थ्य संगठनले नेपाललाई डेंगुको जोखिमयुक्त मुलुकको सूचीमा राखेको, नेपालमा यसले महामारीको रूप लिन सक्ने प्रबल सम्भावना रहेकोजस्ता पाँच कारण दिँदै उनले संकल्प प्रस्ताव दर्ता गराएका हुन्।

सुझावित समाचार