सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

शनिबार, १३ जेठ, २०८०
डिजिटल संस्करण

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । 

प्रतिनिधिसभाको भर्खरै सकिएको बैठकमा बहुमतले नीति तथा कार्यक्रम पारित भएको हो । 

यसअघि आजकै बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूले राखेका जिज्ञासाहरूको जवाफ दिँदै मुलुकमा विद्यमान समस्या समाधानका लागि सबै दलहरूलाई मिलेर अघि बढ्न आह्वान गरेका थिए । 

प्रतिनिधिसभाको अर्को बैठक १४ जेठ दिनको १ बजेका लागि बोलाइएको छ । 
 

सुझावित समाचार