नीति तथा कार्यक्रम यथास्थितिकै निरन्तरता : एमाले सांसद पन्त

शुक्रबार, ५ जेठ, २०८०
डिजिटल संस्करण
नीति तथा कार्यक्रम यथास्थितिकै निरन्तरता : एमाले सांसद पन्त

फाइल तस्बिर

नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारले ल्याएको नीति तथा कार्यक्रमले यथास्थितिलाई निरन्तरता दिएको बताएका छन्।

राष्ट्रपतिले नीति तथा कार्यक्रम पढेर सुनाएपछि संसदबाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। औद्योगीकरण, कृषिको संरक्षण र राष्ट्रिय पुँजी विकासका लागि जोड दिनुपर्नेमा  त्यसको अभाव रहेको उनको टिप्पणी छ। 

‘यो नीति तथा कार्यक्रमले कुनै डिपार्चर दिँदैन। यसले यथास्थितिलाई निरन्तरता दिन्छ। यो यथास्थितिलाई तोडेर मुलुकलाई डेभलपमेन्टको नयाँ ओरेन्टेसनमा लाने कुनै बाटो देखाएको छैन,’ पन्तले भने, ‘खासगरी औद्योगीकरणमा, कृषिको संरक्षणमा जोड दिनुपर्ने र राष्ट्रिय पुँजी विकासका लागि जुन जोड दिनुपर्ने हो, त्यसको नितान्त अभाव छ।’
 

सुझावित समाचार