महावीर पुनसँगको सहमति कार्यान्वयन गर्न नवप्रवर्तन आविष्कार कोष स्थापना गर्ने सरकारको घोषणा

सरकारको नीति तथा कार्यक्रम

शुक्रबार, ५ जेठ, २०८०
डिजिटल संस्करण
महावीर पुनसँगको सहमति कार्यान्वयन गर्न नवप्रवर्तन आविष्कार कोष स्थापना गर्ने सरकारको घोषणा

फाइल तस्बिर।

नवप्रवर्तन आविष्कार कोष स्थापनाका लागि आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक वैज्ञानिक महावीर पुनको मागलाई सरकारले सम्बोधन गर्ने भएको छ । 

आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममार्फत सरकारले नवप्रवर्तन, अनुसन्धान, आविष्कार र विज्ञान शिक्षाको विस्तारलाई प्रोत्साहन गर्न नवप्रवर्तन आविष्कार कोष स्थापना गर्ने घोषणा गरेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आज आर्थिक आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम वाचन गर्दै यस्तो घोषणा गरे । 

सरकारले संसद्को यसै अधिवेशनमा नवप्रवर्तन, अनुसन्धान र आविष्कारसम्बन्धी कोष सञ्चालनसम्बन्धी कानुनी व्यवस्थापका लागि प्रस्ताव पेस गरिने जनाएको छ ।

लामो समयदेखि कोषको आवश्यकतामाथि जोड दिँदै अभियान चलाइरहेका पुनले केही दिनअघि माइतीघर मण्डलामा धर्ना दिई सरकारलाई दबाब दिएका थिए । 

उनीसँगको वार्तापछि सरकारले १८ वैशाखमा सातबुँदे सहमति गरेको थियो । 

सुझावित समाचार