मन्त्रिपरिषदद्वारा आगामी वर्षको नीति तथा कार्यक्रम पारित

शुक्रबार, ५ जेठ, २०८०
डिजिटल संस्करण

मन्त्रिपरिषद्काे बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ।शुक्रबार दिउँसाे बसेकाे बैठकले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पारित गरेकाे हाे।

आजै राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्काे संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपालिको नीति तथा कार्यक्रम र बजेटमा गुणात्मक, नतिजाउन्मुख, उत्पादन र रोजगारी सिर्जनामूलक हुने बताउँदै आएका छन्। 

सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि संघीय संसद् राष्ट्रिय सभा कार्यव्यवस्था समितिको बिहीबारको बैठकले तीन दिन छलफल हुने कार्यसूची बनाएको छ। 

यस्तै, प्रतिनिधिसभाको बैठकमा पनि पनि उक्त नीति तथा कार्यक्रममाथि छलफल भएपश्चात् सरकारले १५ जेठसम्म बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ। 

सुझावित समाचार