कृषि क्षेत्रलाई प्रधानमन्त्रीले चासो दिएनन् : मन्त्री भुसाल

आइतबार, १७ बैशाख, २०८०
डिजिटल संस्करण

कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले कृषि क्षेत्रलाई प्रधानमन्त्रीले चासो नदिएको बताएका छन्। आइतबार काठमाडौंमा पेसागत महासंघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

आगामी आर्थिक वर्षको बजेटमा कृषि मन्त्रालयको बजेट पनि कटौती गरेको भन्दै उनले असन्तुष्टिसमेत जनाए। कृषि मन्त्रालयको बजेट कटौती नगर्न अर्थमन्त्री र प्रधानमन्त्रीसँग आग्रह गरे पनि अर्थतन्त्र संकटमा रहेको भन्दै आवश्यक चासो नदिएको उनको आरोप छ।

‘कृषि क्षेत्र हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो, हामी सबैलाई थाहा छ। कृषि क्षेत्र सबैतिर जोडिएको छ, सबैले भनिरहेका छौँ। तर, त्यसमा लगानी गर्ने कुरामा सरकार कन्जुस छ। बजेट कृषिको पनि काटेको छ। कृषिको त नकाटम न भनेको के गर्नु खोइ, यस्तै हो भन्नुभयो, अर्थमन्त्रीसँग कुरा गर्दा पनि त्यस्तै, प्रधानमन्त्रीसँग कुरा गर्दा पनि खासै चासो दिनुभएन। कृषि क्षेत्रलाई कसरी अघि बढाउने भन्नेमा कसैको पनि त्यत्ति धेरै चासो देखिँदैन,’ उनले भने।

सुझावित समाचार