समूह विजेता बन्दै नेपाल फाइनलमा

शनिबार, १६ बैशाख, २०८०
डिजिटल संस्करण
समूह विजेता बन्दै नेपाल फाइनलमा

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

नेपाल समूह विजेता बन्दै एसिसी प्रिमियर कपको फाइनल प्रवेश गरेको छ। वर्षाका कारण खेल रद्द हुँदा ४२ ओभरमा छोट्याइएको थियो।

दोस्रो इनिङको ८.३ ओभरमा ६ विकेटको क्षतिमा ३७ रन जोडेर कुवेतले ब्याटिङ गरिरहँदा पुनः वर्षा भयो। लामो समयसम्म वर्षा नरोकिएपछि समूह विजेताका आधारमा नेपाल विजयी भएको हो।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा दुई सय ८१ रन बनाएको थियो। नेपालका लागि रोहित पौडेल एक्लैले ९४ रनको योगदान गरे। ९५ बल खेलेका उनले ७ चौका र ३ छक्का प्रहार गरे।

यसैगरी, कुशल मल्ल ५७, कुशल भुर्तेल ४३, आसिफ शेख ३१ र  आरिफ शेखले १९ रनको योगदान गर्दा सोमपाल कामी १३ रन जोडेर नटआउट रहे।

कुवेतका मोहम्मद अस्लाम र अदनान इद्रिसले समान तीन–तीन विकेट लिँदा यासिन पाटेल र सायिद मोनिबले एक–एक विकेट लिए।

सुझावित समाचार