प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत बारा २ को प्रारम्भिक मतगणनामा जसपा उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्।
मतगणनाको पछिल्लो परिणामअनुसार उपेन्द्रले चार सय ५८ मत प्राप्त गरेका छन्। उनलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहले पछ्याइरहेका छन्। शिवचन्द्रले तीन सय ५८ मत पाएका छन्।
तेस्रो स्थानमा एमाले उम्मेदवार पुरुषोत्तम पौडेल छन्। उनले तीन सय १८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल चौथो स्थानमा देखिएका छन्। उनले एक सय ६९ मत पाएका छन्।