सुचना लुकाउने राजविराज नगरपालिकामाथि अक्तियारले थाल्याे अनुसन्धान

बुधबार, ६ बैशाख, २०८०
डिजिटल संस्करण

सुचना लुकाउने राजविराज नगरपालिकामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  अनुसन्धान थालेको छ । २६ फाल्गुणमा नयाँ पत्रिका दैनिकले ‘अनियमितताको आरोप लागेपछि सूचना लुकाउँदै राजविराज नगरपालिका‘ शीर्षकमा प्रकाशन गरेपछि अख्तियारको इटहरी कार्यालयले छानबिन सुरु गरेको हो ।

‘नयाँ पत्रिकाको २६ फाल्गुणको समाचारका आधारमा छानबिन सुरु भएको छ,’ कार्यालयका एकजना कर्मचारीले  भने, ‘ के कारणले सुचना लुकाएको हामिले अनुसन्धान सुरु गरेका छौ उनले भने । प्रशासकीय अधिकृतलाई सात दिनभित्र लिखित जवाफ पठाउन आयोगको आदेश सूचना नदिने सप्तरीको राजविराज नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत निरञ्जन यादवलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न राष्ट्रिय सूचना आयोगले आदेश दिएको छ।

पत्रकार सौरभ यादवले आयोगमा दिएको पुनरावेदनमाथि प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनालीको चैत २९ गते बसेको संयुक्त इजलासले सो आदेश दिएको हो।

गत माघ  २२ गते नगरपालिकाका सूचना अधिकारी सुरेशकुमार यादवसँग माग गरिएको सो सूचना उपलब्ध नगराइएपछि तोकिएको समयभित्र सूचना नदिने सूचना अधिकारीलाई कारबाहीको माग गर्दै यादवले गत फागुन  २६  गते निमित प्रमुख प्रशासकीय अधिकृत  यादवसँग सूचना मागेका थिए।

तर, प्रमुख प्रशासकीय अधिकृत यादवले पनि तोकिएको समयभित्र सूचना नदिएपछि पत्रकार यादवले फागुन २७ मा राष्ट्रिय सूचना आयोगमा पुनरावेदन पत्र दर्ता गराएका थिए।पुनरावेदनपत्रका आधारमा आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवलाई दफा १० ९२० बमोजिम सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो।

सुझावित समाचार