शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष घुससहित रंगेहात पक्राउ

बिहिबार, १६ चैत, २०७९
डिजिटल संस्करण

रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी र वडा नं. ७ का वडाध्यक्ष भीमबहादुर यादव र बिचौलिया विनोद भर ५० हजार घुससहित रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले तीनैजनालाई घुस रकमसहित गाउँपालिकाकाकै कार्यालयबाट पक्राउ गरेको हो।

उत्खनन गरी घाटगद्दीमा रहेको नदीजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनका लागि उनीहरूले सेवाग्राहीसँग उक्त घुस लिएका अख्तियारले जनाएको छ। नियन्त्रणमा लिएर उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

सुझावित समाचार