सेतो मत्स्येन्द्रनाथको रथयात्रा सुरु (फोटोफिचर)

बुधबार, १५ चैत, २०७९
डिजिटल संस्करण
सेतो मत्स्येन्द्रनाथको रथयात्रा सुरु (फोटोफिचर)

आजबाट सुरु सेतो मच्छिन्द्रनाथको रथयात्रामा उल्लासमय सहभागिता । तस्बिर : संजित परियार/नयाँ पत्रिका

सेतो मत्स्येन्द्रनाथको रथयात्रा सुरु भएको छ। आज पहिलो दिन अपराह्न ४ बजेबाट मत्स्येन्द्र बहालदेखि सुरु भएको रथयात्रा असनसम्म पुगेको छ। मत्स्येन्द्र बहालदेखि तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म रथयात्रा गरिएको हो। 

भोलि अपराह्न पाँच बजेदेखि साढे ६ बजेसम्मको अवधिमा असनबाट बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोकासम्म रथयात्रा गरिनेछ। 

त्यसपछि, १७ चैतमा हनुमानढोकाबाट चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म रथयात्रा हुनेछ भने १८ चैतमा लगन आमा रुख परिक्रमा गराइनेछ। 

१९ चैतमा लगन, ज्याबहाल, द्यः लं, युतुननी, कोहिती भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मत्स्येन्द्रबहालसम्म रथयात्रा हुने कार्यक्रम रहेको छ।

सुझावित समाचार