प्रभु क्यापिटलद्वारा विद्यार्थीलाई पुँजी बजारसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन

शुक्रबार, १० चैत, २०७९
डिजिटल संस्करण

विश्व लगानीकर्ता सप्ताह– २०२३ का अवसरमा प्रभु क्यापिटल लिमिटेडले पुँजी बजारसम्बन्धी चेतनामूलक कार्यक्रम गरेको छ । काठमाडौंको मैतीदेवीस्थित युनिभर्सल कलेजमा बिबिए अध्ययनरत विद्यार्थीलाई शुक्रबार वित्तीय सचेतना प्रदान गरेको हो ।

कलेजका ५० भन्दा बढी विद्यार्थीको सहभागिता भएको उक्त तालिम कार्यक्रममा प्रभु क्यापिटलका योजना व्यवस्थापक सौगात पन्तले सेयर बजार, प्राथमिक तथा दोस्रो बजारसम्बन्धी आधारभूत कुराहरू, सेयर बजारमा दीर्घकालीन तथा अल्पकालीन लगानी गर्दा पाइने प्रतिफलसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।

प्रभु क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा सेयर तथा पुँजी बजारसँग सम्बन्धित तालिम कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
 

सुझावित समाचार