मधेसी आयोगले मनायो चौथो स्थापना दिवस

मंगलबार, ७ चैत, २०७९
डिजिटल संस्करण

मधेसी आयोगले आफ्नो चौथो स्थापना दिवस मनाएको छ। 

संवैधानिक निकायका पदाधिकारी, आयोगका निवर्तमान कर्मचारी, विभिन्न सामाजिक संस्थाका प्रतिनिधि तथा नागरिक समाजका अगुवाको उपस्थितिमा आयोगले आज एक विशेष समारोह आयोजना गरी आफ्नो चौथो वार्षिकोत्सव मनाएको हो। 

७ चैत ०७५ मा प्रथम अध्यक्ष डा. विजयकुमार दत्तले शपथ लिएर पदबहाली गरेको दिनलाई आयोगले आफ्नो वार्षिकोत्सव मनाउँदै आएको छ।

आयोगले मधेसी समुदायको थर सूचीकरण, मधेस प्रोफाइल निर्माण, समुदायको राज्यमा पहुँचसम्बन्धी अध्ययन, लोकसेवा तयारी अभिमुखीकरण कार्यक्रम तथा जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ। 

सुझावित समाचार