पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

सोमबार, ६ चैत, २०७९
डिजिटल संस्करण

मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका पाँच नायब महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । 

गृह मन्त्रालयले गरेको सिफारिसअनुसार डिआइजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआइजीमा बढुवा गरिएको हो ।

See More On

सुझावित समाचार