जनता समाजवादी पार्टी (जसपा)ले सांसद रामसहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।
जसपा कार्यकारिणी समितिको बैठकले यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको सांसद प्रदीप यादवले जानकारी दिए।
यादव बारा २ बाट निर्वाचित जसपा संसदीय दलका नेता हुन्।