साउदी अरबले महिलालाई पनि अन्तरिक्षमा पठाउने

सोमबार, १ फागुन, २०७९
डिजिटल संस्करण

साउदी अरबले सन् २०२३ मा पहिलो साउदी महिला अन्तरिक्षयात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाउने योजनाको घोषणा गरेको छ।

साउदीले महिला अन्तरिक्षयात्री राययानाह बर्नावी र साउदी पुरुष अन्तरिक्षयात्री अली अल–कर्नीलाई एक्स–२ अन्तरिक्ष मिसनको चालक दलका सदस्यका रूपमा अन्तरिक्षमा पठाइने जनाएकाे छ।

उनीहरू अन्तरिक्षमा जाने पहिलो साउदी अन्तरिक्षयात्री पनि हुनेछन्। यस कदमको उद्देश्य मानव अन्तरिक्ष उडानमा राष्ट्रिय क्षमता वृद्धि गर्नुका साथै स्वास्थ्य, स्थिरता र अन्तरिक्ष प्रविधिजस्ता क्षेत्रमा वैज्ञानिक अनुसन्धानमा योगदान पुर्याउनु हो।

यो कदम साउदी मानव अन्तरिक्ष उडान कार्यक्रमको एक भागको रूपमा हो । यसअन्तर्गत योजनामा थप दुई पुरुष र महिला अन्तरिक्षयात्रीलाई सबै मिसनमा आवश्यकताअनुसार प्रशिक्षणमा सहभागी बनाउने योजना पनि समावेश छ।

तस्बिर : अरब न्युज डटकमबाट

सुझावित समाचार