‘उधाराे सहमति’ नगर्ने रञ्जिताकाे अडान, लेख्छिन्- हार्नेहरूले हो आत्मसमर्पण गर्ने !

बिहिबार, २६ माघ, २०७९
डिजिटल संस्करण

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने लगभग निश्चित भएको छ। 

बिहीबार बिहान लामो स्टाटस लेख्दै नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले ‘हार्नेहरूले हो आत्मसमर्पण गर्ने ! योद्धाहरू त सहिद भएर मर्छन्, तर परिचय मर्न दिँदैनन् । आफ्नो देश समृद्धिमा पुगोस् भन्ने कसको चाहना हुन्न र, तर एकै देशका दाजुभाइमाथि गरिएको थिचोमिचोले मुलुक उकालो होइन ओरालोतिर लाग्छ’ भन्दै आफ्ना माग पूरा नभएसम्म विश्वासको मत नदिने संकेत गरेकी छिन्। 

मुख्यमन्त्री रावलले आज विश्वासको मत नपाए वा नलिए उनी स्वतः पदमुक्त हुनेछन्। त्यसपछि संविधानको धारा ६८ (३) अनुसार प्रदेश सभाको सबभन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनको बाटो खुल्नेछ।

सुझावित समाचार