पिएलओको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

शुक्रबार, २० माघ, २०७९
डिजिटल संस्करण

पूर्वाञ्चल ल्युब आयल लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको पाँच लाख कित्ता सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।

नियुक्तिसम्बन्धी सम्झौतामा पूर्वाञ्चल ल्युब आयलका प्रबन्ध सञ्चालक भोलेश्वर दुलाल र प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक दिनेश थकालीले हस्ताक्षर गरेका हुन् । 

सुन्दरहरैँचा ०९, मोरङ, विराटचोकमा रजिस्टर्ड कार्यालय रहेको पूर्वाञ्चल ल्युब आयल लिमिटेडले विगत २३ वर्षदेखि आफ्नो उत्पादन तथा बिक्री–वितरण नेपालभर गरिरहेको जनाएको छ ।

आफ्ना ९३ भन्दा बढी डिलर र ११ हजारभन्दा बढी खुद्रा व्यापारीमार्फत विदेशबाट विभिन्न ब्रान्डको आयातित लुब्रिकेन्टलाई प्रतिस्थापन गर्दै नेपालको हाल एक अग्रणी लुब्रिकेन्ट कम्पनी रहेको जनाइएको छ । कम्पनीले हाल विभिन्न प्रकारका एई ब्रान्डको लुब्रिकेन्ट उत्पादन तथा बिक्री–वितरण गरिरहेको जनाएको छ । 

सुझावित समाचार