सर्वोच्च अदालतले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाविरुद्धको रिट सर्वोच्च अदालतले दरपीठ गरेकाे छ । देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा दिन नमिल्ने उल्लेख गर्दैै पेस गरिएको रिट निवेदनलाई दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको हाे।
सर्वोच्च अदालतका रजिस्ट्रार नारायण पन्थीले संसद्को अधिकार क्षेत्रभित्रको कुरा अदालत प्रवेश गर्न नमिल्ने उल्लेख गर्दै दरपीठ गरेका हुन्। प्रमुख प्रतिपक्ष दलको निर्णय गर्ने अधिकार संसद्लाई भएकाले अदालतबाट व्याख्या गर्न नमिल्ने र सार्वजनिक सरोकारमा विषयका रूपमा आएको उक्त रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको दरपीठ आदेशमा उल्लेख छ।
सभापति देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा दिन नमिल्ने उल्लेख गर्दै अधिवक्ता विमल पोखरेलले पेस गरेको रिट निवेदन दरपीठ भएको हो। रिट निवेदनमा कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको हुनाले प्रमुख प्रतिपक्षको अधिकार दिन नमिल्ने उल्लेख छ। प्रधानमन्त्री दाहाललाई गत पुस २६ कांग्रेसले पनि विश्वासको मत दिएको थियो। रासस
देउवाविरुद्धको रिट सर्वोच्चले गर्यो दरपीठ
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
२ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
२ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
२ हप्ता अघि
सुझावित समाचार
दीपक भट्टका दाई पनि पक्राउ
काठमाडौं- बिचौलिया दीपक भट्टका दाई सुशील भट्ट पक्राउ परेका छन्। दीपकलाई छुटाउन चलखेल गरेको प्रमाण भेटिएपछि उनी पक्राउ परेका …
शनिबार १० बजेसम्मका प्रमुख १० खबर
दसैँको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– आर्थिक कारणले चाडपर्व बोझ नबनाेस् प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले …
दसैँ मनाउन घर फर्किनेको घुइँचो, साढे चार लाखभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
काठमाडौँ । बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आ–आफ्नो घर फर्किने यात्रुको चाप बढेको छ। रोजगारी, अध्ययन तथा विभिन्न …
हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती
काठमाडौं । बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा काठमाडौंस्थित हनुमानढोका दरबारको दसैँघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्या…
पुरानो रिसइवीमा कुटपिट हुँदा एकै परिवारका पाँच घाइते, दुई मोटरसाइकलमा आगजनी
सिराहा । सिराहाको दक्षिणी सीमावर्ती बरियारपट्टी गाउँपालिका– २, खोक्सी गाउँमा पुरानो रिसइवीको कारण कुटपिट हु…
बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गोरखामा
काठमाडौं । गृहमन्त्री सुदन गुरुङ बुढीगण्डकी नदीकाे बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहजिल्ला गोरखा पुगेका छन्। गृहमन्त्र…