बुटवलमा कृषि मेला हुने

सोमबार, ९ माघ, २०७९
डिजिटल संस्करण

बुटवल उद्योग वाणिज्य संघले फागुन पहिलो साता बुटवलमा कृषि मेला आयोजना गर्ने भएको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले फागुन २ देखि ६ गतेसम्म कृषि मेला गर्ने निर्णय गरेको संघका महासचिव विमलराज भट्टराईले जानकारी दिए ।

पाँच दिनसम्म सञ्चालन हुने कृषि मेलामा उत्कृष्ट कृषि उत्पादन, आधुनिक कृषि प्रविधि, कृषि औजार र मेसिनरी, व्यावसायिक खेती प्रणालीलगायतसँग सम्बन्धित करिब ५० स्टल राखिने बताइएको छ । मेला आयोजनाको तयारीका लागि संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको संयोजकत्वमा मूल समिति गठन गरिएको छ । 
 

सुझावित समाचार