अमेरिकाको टेक्सासमा एकान्त कारावासविरुद्ध ७२ कैदी भोक हडतालमा

शनिबार, ३० पुष, २०७९
डिजिटल संस्करण

अमेरिकाको दक्षिण मध्यराज्य टेक्सासमा ७० भन्दा बढी कैदीले कठोर एकान्त कारावास अभ्यासको विरोधमा भोक हडताल सुरु गरेका छन्। 

टेक्सास ट्रिब्युनले शुक्रबार उल्लेख गरेअनुसार उनीहरूले भोक हडताल गरेको तीन दिन पुगेको बताइएको छ। टेक्सास डिपार्टमेन्ट अफ क्रिमिनल जस्टिसले तीमध्ये कम्तीमा ७२ जना अझै पनि भोकै बसेको पुष्टि गरेको छ। 

उक्त संस्थाले विरोधीको विज्ञप्ति उल्लेख गर्दै ‘हडताल शान्तिपूर्ण रहने र सबैको अवस्था सुधार्नका लागि यो प्रयास गरिएको’ बताए।

कारागारका अधिकारीले विरोधी सदस्यको समितिसँग भेट नगरेसम्म बन्दीले हडताल जारी राख्ने योजना बनाएका छन्। हजारौँ कैदीलाई टेक्सासमा एकान्त कारागारमा राखिएको छ। 

सुझावित समाचार