प्रभु बैंक र सिप्रदीबीच सम्झौता, टाटाको विद्युतीय सवारी खरिद गर्न सहज कर्जा

बिहिबार, ७ पुष, २०७९
डिजिटल संस्करण

प्रभु बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ प्रालिबीच विद्युतीय सवारीसाधनमा लगानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ। बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सिप्रदीका तर्फबाट महाप्रबन्धक शावन्तजंग सिजापतिले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार सिप्रदीबाट बैंकका ग्राहकहरूले टाटा मोटर्सअन्तर्गतका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा कर्जा प्राप्त गर्न सक्नै बैंकले जनाएको छ। बैंकको देशभर रहेका दुई सय १७ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुनेछ।

सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ।

सुझावित समाचार