प्रधानमन्त्रीलाई आयोगले बुझायो निर्वाचन प्रतिवेदन

बिहिबार, २९ मंसिर, २०७९
डिजिटल संस्करण

निर्वाचन आयोगले निर्वाचन परिणाम  प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ। 

आयोगका पदधिकारीहरूले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री देउवालाई बुझाएका हुन्। 

उक्त अवसरमा प्रधानमन्त्रीले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई धन्यवाद दिएका थिए। निर्वाचन आयोगका पदाधिकारीहरूले सरकारको पूर्ण सहयोगका कारण चुनाव सम्पन्न गर्न सहज भएको बताए। 

सुझावित समाचार