युक्रेनको ऊर्जा पूर्वाधारमा थप प्रहार गर्ने पुटिनको चेतावनी

बिहिबार, २२ मंसिर, २०७९
डिजिटल संस्करण

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनी ऊर्जा प्रणालीहरूमा आक्रमण जारी राख्ने उद्घोष गरेका छन्। 

रुसको यो कदमको भने विश्वव्यापी रूपमा आलोचना भइरहेको छ । जाडोयाम नजिकिँदै गर्दा लाखौँ जनता बिजुली र पानीविहीन बनेका छन्।

‘छिमेकी देशको ऊर्जा पूर्वाधारमा हाम्रो स्ट्राइकको बारेमा धेरै हल्ला छ। हो, हामी गर्छौं। तर, कसले सुरु गर्यो ?’ पुटिनले क्रेमलिनमा एक पुरस्कार वितरण समारोहमा भने, ‘आलोचनाले हाम्रो लडाइँ अभियानमा हस्तक्षेप गर्दैन।’

सुझावित समाचार