‘महाभियोग निष्प्रभावी भएको छैन, नयाँ संसद्ले टुंगो लगाउँछ’

बुधबार, २१ मंसिर, २०७९
डिजिटल संस्करण
‘महाभियोग निष्प्रभावी भएको छैन, नयाँ संसद्ले टुंगो लगाउँछ’

फाइल तस्बिर ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग निष्प्रभावी नहुने बताएका छन् । 

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले प्रधानन्यायाधीशमाथि लगाइएको महाभियोग संसद्को सम्पत्ति भएको बताए । नयाँ संसद्ले यसबारे टुंगो लगाउने उनको भनाइ छ ।

‘महाभियोगको विषय जीवितै छ । महाभियोग संसद्को सम्पत्ति हो । अब बस्ने नयाँ संसदमा यसबारे छलफल हुन्छ । त्यसैले यसलाई टुंगोमा पुर्याउँछ,’ उनले भने । 

आजै संघीय संसद्का महासचिव डा. भरतराज गौतमले महाभियोग निष्क्रिय भएको भन्दै जबरालाई सर्वोच्च फर्कने बाटो दिएका थिए । 

सुझावित समाचार