पुनः मतदानको माग राख्दै आयोगमा एमालेको \'डेलिगेसन’

सोमबार, १२ मंसिर, २०७९
डिजिटल संस्करण

एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालसहितको टोली निर्वाचन आयोगमा गएको हो। 

स्याङ्जा र बाजुरामा पुनः मतदान हुनुपर्ने तथा आयाेगले ताेकेका दोलखाका १० विवादित केन्द्रकाे संख्या थप्नुपर्ने माग राख्दै एमालेका नेताहरूको टोली आयोग गएको हो। 

यस्तै, उनीहरूले काभ्रे १(ख) मा पनि पुनः मतदान र सुनसरीमा मन्त्रीको दबाबमा रोकिएको मतगणना सुचारु गर्न आयाेगसँग माग गरेका छन्। 

एमालेले उदयपुरमा केही ठाउँमा अस्वभाविक मतदान भएकाले ती विवादित ठाउँमा समेत पुन: मतदान गर्न माग गरेको छ। 

सुझावित समाचार