गृहमन्त्री खाँण कमजोर बन्दै, बोहराको मतान्तर बढेर १८३९ पुग्यो

शनिबार, १० मंसिर, २०७९
डिजिटल संस्करण

गृहमन्त्री बालकृष्ण खाँणलाई १८३९ मतान्तरले पछाडि पार्दै राप्रपाका वरिष्ठ नेता दिपक बोहराले आफ्नो अग्रतालाई कायम राखेका छन् । रुपन्देही क्षेत्र नम्बर  ३ मा जनमुक्ती पार्टीको सर्मथनसहित सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाँणले ३१ हजार ६ मत प्राप्त गर्दा एमाले , राप्रपा र जसपाको तालमेलबाट उम्मेदवार बनेका राप्रपाका वरिष्ठ नेता दिपक बोहराले ३२ हजार ८ सय ४५ मत प्राप्त गरेका छन् । 

सियारी गाउँपालिकाको वडा नम्बर  २,३ र ६ को नौ हजार दुई सय  मत गणना गर्न बाँकी छ । हालसम्म ८४ हजार ७४ मत गणना भएको छ । रुपन्देही क्षेत्र नम्बर  ३ क को मतगणना गर्दा राप्रपाका उमेदवार बोहोराभन्दा अग्रता कायम राखेका खाँण प्रदेस ख को मतगणना सुरु गरेसँगै  कमजोर बन्दै गएका थिए ।

प्रदेश क बाट पाँच सय ५० बढीको मतान्तरमा अगाडि रहेका गृहमन्त्री खाँण  प्रदेश ख को करिब ४० हजार मत गणना गर्दा आफ्नो अग्रतामा रहेको मत गुमाउँदै राप्रपाका उम्मेदवार बोहरा भन्दा एक हजार ८ सय ३९ मतान्तरले पछाडि परे । 
 

सुझावित समाचार