खानेपानीमन्त्री चौधरी साढे सात हजार मतले पछाडि

बिहिबार, ८ मंसिर, २०७९
डिजिटल संस्करण

प्रारम्भिक मतपरिणाम अनुसार खानेपानीमन्त्री समेत रहेका कांग्रेस उम्मेदवार उमाकान्त चौधरी निकै पछि परेका छन्। 

बारा १ बाट चुनाव लडेका उनलाई एमालेका अच्युत प्रसाद मैनालीले पछि पारेका छन्। 

पछिल्लो मत परिणाम अनुसार मैनालीले ३३ हजार १७७ मत ल्याएका छन्। प्रतिस्पर्धामा पछि परेका चौधरीको मत भने २५ हजार ५४५ छ। अब त्यहाँ करिब १५ हजार मत गन्न बाँकी छ।

सुझावित समाचार