ओखलढुंगाबाट कांग्रेसका रामहरि खतिवडा विजयी

बुधबार, ७ मंसिर, २०७९
डिजिटल संस्करण

ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका रामहरि खतिवडा विजयी भएका छन्।

वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार खतिवडा निवर्तमान सांसद यज्ञराज सुनुवारलाई ६८ सय १८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। 

खतिवडाले ३३ हजार ५ सय ५६ र सुनुवारले २६ हजार ७ सय ३८ मत ल्याएका छन्। २०७४ को निर्वाचनमा खतिवडालाई ५२५३ मतले पराजित गर्दै सुनुवार विजयी भएका थिए। 

ओखलढुंगाका २ प्रदेशसभामा समेत कांग्रेस(माओवादीका साझा उम्मेदवार विजयी भएका छन्। १ मा कांग्रेसका प्रदीप सुनुवार र २ मा माओवादीका बाबुराम गौतमले चुनाव जितेका छन्।

सुझावित समाचार