विश्वकप जित्ने लक्ष्य लिएको अर्जेन्टिना पहिलो खेलमै पराजित

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

विश्वकप फुटबल २०२२ को पहिलो खेलमै अर्जेन्टिना साउदीसँग २–१ ले पराजित भएको छ। खेलको १०औँ मिनेटमै कप्तान लियोनल मेसीले पेनाल्टीमार्फत दिलाएको अग्रतालाई अर्जेन्टिनाले जोगाउन सकेन। 

खेलको सुरुवातमै गोल खाएको साउदीमाथि पहिलो हाफमा अर्जेन्टिना हाबी भए पनि दोस्रो हाफमा अर्जेन्टिनाले खेलमा लय समाउन सकेन। खेलको ४८औँ मिनेटमा सलेह अलसहरीले उत्कृष्ट गोल गर्दै साउदीलाई बराबरीमा पुर्याए। 

यस्तै, खेलको ५३औँ मिनेटमा सलेम अलडवसरीले अर्को गोल गर्दै साउदीलाई २–१ को अग्रतामा पुर्याए। विश्वकपको ट्रफी उचाल्ने लक्ष्य लिएको अर्जेन्टिना आफूभन्दा कमजोर मानिएको टिमसँग पहिलो खेलमै पराजित भएपछि अर्जेन्टिना र मेसीका समर्थक निराश बनेका छन्। 

सुझावित समाचार