पाकिस्तान ‘ए’ सँग नेपाल ७२ रनमै अलआउट

मंगलबार, ८ मंसिर, २०८३
डिजिटल संस्करण

काठमाडौं/ एसिया कप राइजिङ स्टार्समा नेपालका ब्याट्सम्यानले अर्काे निरासाजनक प्रदर्शन गरेका छन्। पाकिस्तान ‘ए’ विरुद्धको मंगलबारको खेलमा नेपाल ७२ रनमै अलआउट भयो। 

पाकिस्तानले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमै अलआउट भयो। ओपनर मयन यादवले ४१ रनको योगदान गर्नुबाहेक अन्य ब्याट्सम्यानले निरिह बने। खेलमा नेपाल ९६ रनले पराजित भयो। 

इसान पाण्डे, लोकेश बम, पवन सर्राफ, रसिद खान, सन्दीप लामिछाने र नन्दन यादव शून्य रनमै आउट भए। 

यससँगै नेपालको एसिया कप राइजिङ स्टार्सको यात्रा सकिएको छ । 

प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग २६ रनमै अलआउट भएको थियो। दोस्रो खेलमा युएईलाई ६ विकेटले हरायो। पाकिस्तानसँगको खेलमा पनि कमजोर प्रदर्शन गरेको छ। 

यससँगै एसिया कप राइजिङ स्टार्सको सेमिफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनलमा भारत ए र श्रीलंका ए तथा बंगलादेश ए र पाकिस्तान ए बिच प्रतिस्पर्धा हुने भएको छ। 

सुझावित समाचार