नुवाकोटमा बल्ल गणना सुरु

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

मंसिर ४ गते भएको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको मतगणना नुवाकोटमा सोमबार दिउँसोबाट मात्र सुरु भएको छ।  विदुरमा मतपेटिका आइपुग्न सोमबार बिहान दुई बजेसम्म लागेकोले गणना ढिलाई भएको मुख्य निर्वाचन अधिकृत  मदनबहादुर धामीले बताए ।

नुवाकोट क्षेत्र नं. २ को प्रतिनिधी सभा र प्रदेश सभाको सोमबार दिउँसो १: ४५ बजेबाट गणना सुरु भएको हो । चार स्थानबाट गणना आरम्भ गरिएको छ । बिहान भएको सर्वपक्षीय बैठकमा ११:३० बजेबाट सुरु गर्ने भनिए पनि दुई घण्टाभन्दा ढिलो सुरु भएको छ । 

नुवाकोट क्षेत्र नं. १ को मत गणना अझै सुरु भएको छैन । नुवाकोटमा आइतबार भएको निर्वाचनमा ५४.७ प्रतिशत मत खसेको  छ । 

See More On

सुझावित समाचार