१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o९:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

जथाभावी नगरौँ पेनकिलरको प्रयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:२o:oo

कतिपयले टाउको दुख्नासाथ पेनिकिलर खान्छन् र तत्कालै ठीक पनि हुन्छ । त्यसपछि वास्तविक समस्या पहिचान गर्न लाग्दैनन् । जबकी, भित्रभित्रै समस्या बढ्दै गइरहेको पनि हुन सक्छ । जथाभावी पेनकिलरको प्रयोगले आन्द्रामा असर गर्छ, कलेजो बिगार्न सक्छ । जथाभावी पेनकिलर प्रयोग गर्नेलाई बिस्तारै यसैको लत बस्न सक्छ र कालान्तरमा विभिन्न समस्या देखिनसक्छ । त्यसैले चिकित्सकको परामर्शअनुसारमात्रै पेनकिलर प्रयोग गर्नुपर्छ । 

सावधानी 

  •   जथाभावी औषधि पसलमा गएर रोगको निदान नगरी आफूखुसी औषधि खरिद गर्नुहुँदैन । दुखाइ भएमा डाक्टरलाई देखाउनुपर्छ । 
  • पेनकिलर लिएपछि तपाईंको पेटमा दुखाइ सुरु भयो भने तत्कालै यसको प्रयोग बन्द गरेर डाक्टरलाई देखाउनुपर्छ । 
  • यदि तपाईंको हृदयमा समस्या छ भने झुक्किएर पनि विशेषज्ञ डाक्टरको सल्लाह नलिई पेनकिलर नखानुस् । ब्लडप्रेसर, मधुमेह र किड्नीका बिरामीले पनि यस्तै गर्न जरुरी छ । दुखाइ भएको छ भने चिकित्सकसँग सम्पर्क राख्नुस् । 
  • गर्भवती महिलाले डाक्टरलाई नसोधी पेनकिलर सेवन गर्नुहुँदैन । पेनकिलरको सेवनले गर्भपतन हुने खतरा रहन्छ ।
  • कुन रोगमा कति मात्रा खाने, कसरी खाने, के–के खाने भनेर डाक्टरसँग सल्लाह गरेर मात्रै प्रयोग गर्नुपर्छ । 
ad
ad