Skip This
पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड बन्यो टी-२० विश्वकप च्याम्पियन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड बन्यो टी-२० विश्वकप च्याम्पियन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३३:oo

पाकिस्तानलाई हराउँदै इंग्ल्यान्डले टी–२० विश्वकप २०२२ को उपाधि हात पारेको छ। आइतबार मेलबर्नमा भएको फाइनल खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हराएको हाे। 

पाकिस्तानले दिएको एक सय ३८ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभरमा पाँच विकेट गुमाएर भेट्टाएको थियो। यसअघि पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३७ रन मात्र बनाउन सफल रह्यो। 

पाकिस्तानको तर्फबाट सान मसुदले सबैभन्दा बढी ३८ रन बनाए। २८ बल सामना गरेका मसुदले एक छक्का र दुई चौका प्रहार गरे। यस्तै, कप्तान बाबर आजमले दुई चौकाको मदतले ३२ रन बनाएका थिए। सादाब खानले १४ बलमा २० रन, मोहम्मद रिजवान १४ बलमा १५ रन, मोहम्मद ह्यारिस १२ बलमा आठ रन बनाएका थिए भने ६ बल खेलेका इफ्तिखार अहमद शून्यमै आउट भएका थिए।  

 बलिङतर्फ इंग्ल्यान्डका साम करनले तीन तथा आदिल रसिद र क्रिस जोर्डनले दुई, दुई विकेट लिए। यो उपाधिसँगै इंग्ल्यान्डले टी–२० विश्व कपको दोस्रोपटक च्याम्पिएन बनेको छ। यसअघि सन् २०१० को टी–२० विश्व कप फाइनलमा अस्ट्रेलियालाई सात विकेटले हराउँदै इंग्ल्यान्डले उपाधि जितेको थियो।

यस्तै पाकिस्तानी बलर साहीन अफ्रिदी घाइते भएर मैदान छाेडेपछि खेल इंग्ल्यान्डको पक्षमा मोडियाे। इंग्ल्यान्डका लागि बेन स्टोक्स नट आउट ५२ रन बनाए। ४५ रन हुँदा तीन विकेट गुमाइसकेकाे इंग्ल्यान्डलाई जितसम्म पुर्‍याउन स्टोक्सकाे ठूलाे याेगदान रह्याे।