१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
धीरज मगर, अभिनेता
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार १o:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

मेरो ‘ड्रिम प्लेस’  मुस्ताङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १o:४६:oo

सिनेमामा काम गर्नुअघि युकेबाट तीन–चार वर्षको ग्यापमा नेपाल आइरहन्थेँ । त्यसवेला पारिवारिक भेटघाटमै समय बित्थ्यो । घुमघाम गर्ने समय मिल्दैनथ्यो । फिल्ममा काम गर्न थालेपछि नेपालका केही नयाँ ठाउँहरू पनि पुग्ने अवसर मिल्यो ।

काम गर्ने दौरानमा पुगेका ठाउँहरू निकै रमाइला लागे । फिल्म ‘बाबरी’को सुटिङको क्रममा लेटाङमा केही समय बित्यो । त्यो ठाउँ मलाई निकै सुन्दर लाग्यो । त्यहाँको समुदाय नै सहयोगी भावनाको लाग्यो । 

मलाई नेपालको पोखरा र धरान पनि मन पर्छ । त्यहाँ पुग्दा ‘फ्रेस’ भएको महसुस हुन्छ । धरान बजारका घरहरूको डिजाइनले निकै आकर्षित गर्छ । र, त्यहाँका परिवारसँग भेटेजस्तो लाग्छ । 

मलाई नेपालका घुम्न मन लागेको ठाउँ धेरै छन् । तर, एकदमै जान मन लागेको ठाउँचाहिँ मुस्ताङ नै हो । मुस्ताङको फोटो र भिडियो देख्दा मन लोभिएको छ । कबड्डी फिल्ममा देखाइएका भित्री गल्ली हिँड्न मन लागेको छ । 

ad
ad