१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख २१ शुक्रबार १७:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

निर्वाचनलाई लक्षित गरेर पर्सामा मदिरा सेवन गर्न रोक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:३५:oo

पर्सामा मंसिर ४ को प्रतिनिधिसभा र प्रदेश सभाको मतदान सम्पन्न नभएसम्म मदिरा ओसारपसार, बिक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाइएको छ। शनिबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सुरक्षा समितिको बैठकको निर्णयले आइतबारदेखि निर्वाचन सम्पन्न नभएसम्म मदिरा ओसारपसार, बिक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको हो।

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र शान्तिपूर्ण वातावरणमा गर्न यो निर्णय गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। उनका अनुसार मतदान सम्पन्न नभएसम्म कोही कसैले सूचनाविपरीत मदिरा ओसारपसार, बिक्री वितरण र सेवन गरेको पाए कानुनबमोजिम कारबाही हुनेछ।

ad
ad