१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
रासस काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १६:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मतदाता शिक्षा कार्यक्रम तत्काल सञ्चालन गर्न दुई पालिकालाई आयोगको निर्देशन

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १६:५८:oo

निर्वाचन आयोगले सिराहाका दुई पालिकालाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ। आयोगले सिराहाको सखुवानान्कारकट्टी गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत तथा सुखीपुर नगरपालिकाका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन गर्न निर्देशन दिएको हो।

आयोगले दुवै नगरपालिकालाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभएको भए यथाशीघ्र सञ्चालन गरी पत्र प्राप्त भएको २४ घण्टाभित्र आयोगमा जानकारी गराउन निर्देशन दिएको छ।

संविधानको धारा २४७ मा आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउने व्यवस्था भएको आयोगको भनाइ छ।

ad
ad