Skip This
विकासका कामले पूर्णता नपाएकाले राजनीति छाड्न सकिन : रामचन्द्र पौडेल
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
फाइल तस्बिर
रासस दमौली
Invalid date format १३:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विकासका कामले पूर्णता नपाएकाले राजनीति छाड्न सकिन : रामचन्द्र पौडेल

Read Time : < 1 मिनेट
रासस, दमौली
नयाँ पत्रिका
Invalid date format १३:o५:oo

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले जनताको हातमा आएको अधिकार गुम्न नदिने बताएका छन्।

तनहुँको भानु नगरपालिका–६ बरभञ्ज्याङमा शनिबार आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले बलिदान र त्यागबाट निर्माण भएको संविधानले दिएको अधिकार गुम्न नदिने उल्लेख गरे। 

संविधान र लोकतन्त्रको विरुद्ध षड्यन्त्र भइरहेको भन्दै उनले भने, ‘हामीले बनाएको संविधान दक्षिण एसियामै उत्कृष्ट छ। यसले सबै वर्गलाई अधिकार दिएको छ। यो अधिकार गुम्न दिन्नौँ।’ पौडेलले संविधान रक्षाकै लागि अहिलेकोे गठबन्धन बनेको भन्दै यसलाई पछिसम्म लैजाने बताए।

पौडेलले जिल्लामा विकासका कामले पूर्णता नपाएकाले राजनीति छाड्न नसकेको जिकिर गरे। विसं २०७४ को निर्वाचनमा आफूले चुनाव हारेपछि यहाँको विकास अलपत्र परेको बताउँदै उनले भने, ‘गठबन्धन सरकार बनेपछि तनहुँमा विकासको योजनाले पुनः गति लिन थालेको छ। बुद्धसिंमार्ग, मादी मर्स्याङ्दी सडक, शालिग्राम मार्गका लागि बजेट विनियोजन भएको छ।’

’मसँग सपना छन्, योजना छन् र त्यसलाई पूरा गर्ने सङ्कल्प छ,’ पौडेलले भने। देश विकास र सुशासनका विषयमा गठबन्धन प्रतिबद्ध रहेको बताउँदै उनले देश परिवर्तन भएपनि अवस्था परिवर्तन नभएको बताए। जनतामा व्याप्त निराशा हटाउन सुशासनको खाँचो रहेको औँल्याउँदै पौडेलले भने, ‘बहुदल आएपछिका दिनमा गाउँगाउँमा आधुनिक सुविधाका पूर्वाधार पुगेको छ।’