१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
२o८१ जेठ ८ मंगलबार o९:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ताप्लेजुङकाे घ्याङडाँडामा अटो दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o९:२९:oo

ताप्लेजुङ सदरमुकाममा शनिबार बिहान अटो दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । एक जना गम्भिर घाइते भएका छन् । 

फुङलिङनगरपालिका वडा नं. ८ बेजम्बुबाट सुकेटार विमानस्थलतर्फ जाँदै गरेको १/००२/००३ ह ३९०० नम्बर अटो दोखुको नाम्लेपाटी माथि घ्याङडाँडामा दुर्घटना हुँदा पाथीभरा याङ्वर गाउँपालिका वडा नं. १ नाङ्खोल्याङका करिब ७५ वर्षीय धनबहादुर गुरुङ र उनका नाती फुङलिङ ८ दोखुका ११ बर्षका इशान गुरुङको ज्यान गएको  जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

काठमाडाैंमा उपचारको लागि जान हिंडेका ७५ वर्षीया गुरुङ घरबाट निस्कनासाथ दुर्घटनामा परेको प्रहरीले जनाएको छ । नातीबाजे शनिबार काठमाडौं जानको लागि सुकेटार विमानस्थल जान हिंडेका थिए । 

प्रमुख प्रहरी नायव उपरिक्षक कैलास राईले घटनास्थलबाट घाइते अटो चालक गंगाराम राईलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको जानकारी दिए । 

ad
ad