मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक २५ शुक्रबार
  • Thursday, 18 September, 2025
सांकेतिक तस्बिर
नयाँ पत्रिका मकवानपुर
२o७९ कार्तिक २५ शुक्रबार १८:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमती नदीमा एक लाख माछाका भुरा छाडियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
२o७९ कार्तिक २५ शुक्रबार १८:२७:oo

प्राकृतिक जलाशय तथा नदी, नाला र खोलामा माछाको अभाव हुन नदिने उद्देश्यले मकवानपुरको बागमती नदीमा एक लाख माछाका भुरा छाडिएको छ। हाल त्यहाँ माछाको कमी हुँदै गएको अवस्था छ।

मकवानपुरको बागमती गाउँपालिकास्थित झुरझुरेमा बागमती नदीमा एक लाख माछाका भुरा छाडिएको प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन केन्द्रको कार्यालय हेटौँडा मकवानपुरले जनाएको छ। सो कार्यालयको आयोजनामा बागमती नदीमा एक लाख रहु र नैनी जातका माछाका भुरा छाडिएको हो। कार्यालय प्रमुख सरोजकुमार यादव तथा बागमती गाउँपालिकाका अध्यक्ष  सर्केश घलानद्वारा संयुक्त रूपमा माछाका भुरा नदीमा छाडिएको हो।

प्रमुख यादवले प्राकृतिक जलाशयमा जलीय जैविक विविधता संरक्षण तथा त्यसमा आश्रित समुदायको जीवन उकास्नका लागि स्थानीय जातको माछा छोड्ने कार्यक्रम गरिएको जानकारी दिए। नेपालमा हाल चार लाख एक हजार हेक्टर प्राकृतिक जलाशयको क्षेत्रफल रहेको र उत्पादन हुने कुल ९७ हजार मेट्रिकटन माछामध्ये २१ प्रतिशत माछा प्राकृतिक जलाशयबाट उत्पादन हुने गरेको बताए। सोमध्ये प्राकृतिक जलाशयमा चार लाख जनसंख्या निर्भर रहेको यादवको भनाइ छ।