Skip This
शेखर आक्रामक प्रचारमा, लालबाबु घरदैलोमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २५ शुक्रबार
  • Saturday, 27 July, 2024
गणेश लम्साल विराटनगर
२o७९ कार्तिक २५ शुक्रबार १६:३७:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शेखर आक्रामक प्रचारमा, लालबाबु घरदैलोमा

Read Time : > 2 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ कार्तिक २५ शुक्रबार १६:३७:oo

प्रदेश १ को राजधानी रहेको मोरङ ६ मा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सत्ता गठबन्धन र एमाले गठबन्धनबीच प्रतिस्पर्धा निक्कै रोचक भइरहेको छ । 
कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य डा. शेखर कोइराला र मुख्य विपक्षी दल एमालेका चर्चित नेता तथा पूर्वमन्त्री लालबाबु पण्डित चुनावी प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा तीन स्वतन्त्रसहित १५ जना उम्मेदवारले प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । 
मोरङ ६ मा पर्ने शहबजार र र गाउँघर सबैतिर कार्यकर्ताहरू चुनावी प्रचारप्रसार सकृय छन् । ०७४ मा काँग्रेसका शेखरलाई हराएर जित सुनिश्चित गराउन सफल एमालेका लालबाबु पण्डित यसपालि पनि पुनः जित सुनिश्चित गराउन कस्सिएका छन् । 

गत निर्वाचनमा भन्दा लालबाबुले यसपाली प्रचारप्रसारको शैली फेरेका छन । उनी खुल्ला प्रचार र आसभामहरूमा भन्दा सांगठनिक रुपले भित्रभित्र रक्षात्मक प्रचारमा बढी जोड दिइरहेका छन् । 

यता, गठबन्धनबाट चुनावी प्रतिस्पर्धा गरिरहेका कांग्रेस नेता कोइराला ०७४ मा गुमाएको क्षेत्र आफ्नो पोल्टामा ल्याउन चाहन्छन् । उनले सबैखाले जोडबल लगाएर अक्रामक प्रचारप्रसार गरिरहेका छन् । उनका स्वकीयसचिव दिनेश थपलियाका अनुसार नेता शेखर दैनिक १५ देखि २० वटा चुनावी कार्यक्रमहरूमा सहभागी भैरहेका छन् । 

०७४ मा एमालेका लालबाबुसँग झिनो मतान्तरले पराजय भोगेका शेखर यसपाली फराकिलो मतान्तरले मुख्य प्रतिस्पर्धी लालबाबुलाई पराजित गर्ने योजनामा छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीले कोइरालालाई साथ दिएका छन् । 

कोइराला र लालबाबुका आधार 
यहाँ कांग्रेस उम्मेदवार शेखर कोइराला र एमालेका लालबाबु पण्डित दुवैले आआफनो जित सुनिश्चित भइसकेको दावी गरिरहेका छन् । 

कांग्रेसका शेखर कोइराला  पहिले पार्टीको आन्तरिक असन्तुष्टि नमिल्दा मात्र आफू माओवादी र एमालेको गठबन्धन हुँदा पनि झिनो मतान्तरले हार्न पुगेको, तर यसपालि पार्टी एक ठिक्का भइसकेको र गठगबन्धन पनि बलियो भएकाले आफ्नो जित सहजै हुने दाबी गर्छन् । 

आफू सांसद हुँदा पनि र नहुँदा पनि निरन्तर आफनो क्षेत्रका मतदाताहरूसँग जोडिएर सहयोग गरिरहेकोले जनताले सहजै आफूलाई विजयी गराउने उनको विश्वास छ । 

कोइराला भन्छन्, ‘हाम्रो पार्टी मात्र नभएर गठबन्धन पनि एक ठिक्का भएर प्रचारप्रसारमा जुटेको छ, अर्को मैले विकासमा निरन्तर सहयोग गरिरहेको छु यसैले मैले फराकिलो मतान्तरले सहजै जित हासिल गर्नेछु ।’ 

लालबाबु आफू मन्त्री भएर धेरै विकासका काम गर्न सफल भएको र संगठन पनि बलियो भएकोले सहजै विजयी हुने दाबी गर्छन् । उनी भन्छन्, ‘मैले विजयी भएपछि धेरै मुख्य सडकहरू निर्माण गराएको छु, साथै जनताका अन्य सामुदायिक काममा पनि धेरै सहयोग गरेको छु यसैले जनताले मलाई नै रुचाउँछन र मै विजयी हुन्छु ।’ 

०७४ मा कोइरालालाई संस्थापन पक्षका केही कार्यकर्ताहरूले असहयोग गरेको आरोप पनि लागेको थियो । तर, अहिले संस्थापन पक्षका सबै नेता नै कोइरालाको प्रचारमा सक्रिय रूपले लागिरहेका छन् । कोइरालाले आफनो जितलाई संविधानको रक्षाका लागि भनेर प्रचार गरिरहेका छन् ।

स्थानीय चुनावको गणित   
मोरङको क्षेत्र नम्बर ६ मा विराटनगर महानगरपालिकाको ४ , ५ , ६ , ७ , ९ ११ र १२ नम्बर वडा सहित बुढीगंगा  गाउँपालिका र र सुन्दरहरैचा नपाको २,३,४,५ ,६ र ७ नम्बर वडा पर्दछन । यहाँ गत पालिका निर्वाचनमा काँग्रेस , माओबादी र एकिकृत समाजबादीका बडा अध्यक्षहरूले कुल ३५ हजार ३३२ मत पाएका थिए । 

एमालेका बडा अध्यक्षहरूले २४ हजार ५ सय ३६ मत पाएका थिए । यसरी हेर्दा यहाँ एमाले भन्दा सत्ता गठबन्धन १० हजार ७ सय ७६ मतान्तरले अगाडी छ । यहाँ  लोसपाले प्रतिनिधि सभामा उम्मेदवार नउठाएकोले उसले प्राप्त गरेको १ हजार मत पनि गठबन्धनलाई थप हुनसक्नेछ ।

यहाँ पुरानै प्रतिस्पर्धीहरू गठबन्धनबाट काँग्रेसका डा शेखर कोइराला र एमालेबाट पुर्वमन्त्री लालबाबु पण्डित  यसपाली पनि प्रतिस्पर्धा गर्दैछन । २०७४ को निर्वाचनमा यहाँ बाम गठबन्धन भएपनि एमालेका लालबाबुले काँग्रेसका डा शेखरलाई ६ सय ४८ झिनो मतान्तरले मात्र पराजित गरेका थिए । 

शेखर र लालबाबुको पृष्ठभूमि
हाल चुनावी प्रतिस्पर्धा गरिरहेका काँग्रेस उम्मेदवार कोइरालाले २०६४ मा यो क्षेत्रबाट तत्कालिन मधेशी जनअधिकार फोरमका विजय गच्छेदारसँग पराजय भोग्नुपरेको थियो । 

तर, लगत्तै ०६५ मा भएको उपनिर्वाचनमा कोइरालाले मधेसी फोरमका चुमनारायण तवदारलाई पराजित गरेर संविधानसभा सदस्य बनेका थिए  । 

दोस्रो संविधानसभा निर्वाचनमा ०७० मा कोइरालाले फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई पराजित गरेका थिए । तर, ०७४ मा भने उनी एमालेका लालबाबु पण्डितसँग झिनो मतान्तरले पराजित हुन पुगेका थिए । 

पण्डितले  २०४८ मा मोरङ ३ बाट चुनावी प्रतिस्पर्धा गरेका थिए । उनले कांग्रेसका बद्रिनारायण बस्नेतलाई पराजित गरेका थिए । तर उनी २०५१ को मध्यावधी निर्वाचनमा चाँही काँग्रेसका बद्रिनारायणबाटै पराजित हुन पुगेका थिए । 

०५६ मा लालबाबुले सोही क्षेत्रबाट कांग्रेसका गोपालराज भण्डारीलाई पराजित गरेर विजयी भएका थिए । पहिलो संविधानसभामा पण्डित समानुपाति सूचीबाट संसाद बने । 

०७४ मा उनले मोरङ ६ बाट चुनाव लडेर कांग्रेसका शेखर कोइरालालाई पराजित गरेका थिए । यहाँ प्रदेश सभातर्फ सत्तागठबन्धनबाट माओवादीका जीवन आचार्य र काँग्रेसका केदार कार्की अनि एमालेबाट रीता न्यौपाने र कृष्ण बस्नेतबीच मुख्य चुनावी प्रतिस्पर्धा छ ।