Skip This
पर्यटन प्रवर्द्धनका लागि एनआरएनएको कार्यशाला
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:o८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पर्यटन प्रवर्द्धनका लागि एनआरएनएको कार्यशाला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:o८:oo

गैरआवासीय नेपाली संघ र ग्लोबल एक्रिडिएसन काउन्सिलको संयुक्त आयोजनमा ‘नेपालको पर्यटन विकासमा एनआरएनएको भूमिका’ विषयक अन्तर्क्रियात्मक  कार्यशाला भएको छ । सहआयोजक युरोप–नेपाल चेम्बर अफ कमर्स फर टुरिजम र मुनलाइट टेलिभिजनले सक्रिय भूमिकामा कार्यक्रम भएको हो । 

कार्यक्रममा गैरआवसीय नेपाली संघका तर्फबाट प्रवक्ता तथा पर्यटन प्रवर्द्धन नेपाल समितिका सभापति सोमनाथ सापकोटाले ‘नेपालको पर्यापर्यटनको विकासमा गैरआवासीय नेपाली संघको भूमिका र विद्यमान चुनौती’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । 

कार्यक्रममा होटेल एसोसिएसन नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले गैरआवासीय नेपाली संघका हरेक सदस्य नेपालको पर्यटन प्रवर्द्धनका लागि सद्भावना राजदूत भएको बताए । उनले नेपालको पर्यटन प्रवद्र्धनमा गैरआवासीय नेपालीको भूमिकाको चर्चा गरेका थिए । नेपाली पर्यटन प्रवर्द्धनका लागि गैरआवसीय नेपाली संघलाई होटेल एसोसिएसन नेपालको पूर्णसाथ रहेको उनको भनाइ थियो । 

कार्यक्रममा पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतमले गैरआवासीय नेपाली संघको प्रयासको सराहना गर्दैै यस किसिमका सबै खाले कार्यक्रममा बोर्डको सक्रिय सहभागिता र सहयोग रहने बताए । 

नेपाली पर्यटन क्षेत्रका सक्रिय संघ–संस्थाहरू नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स, प्यासिफिक एसिया ट्राभल एसोसिएसन, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल, सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स नेपाल, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाललगायतका पर्यटनसम्बद्ध संस्थाका प्रतिनिधिहरूले नेपालको पर्यटन विकासमा गैरआवासीय नेपाली संघका विभिन्न किमिसका भूमिकाका बारेमा चर्चा गरेका थिए ।