१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १४:३९:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दैलेख १ मा कसको पल्ला भारी ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १४:३९:oo

दैलेख– १ को चुनाव रोचक देखिएको छ । ३० वर्षअघि एमालेबाट राजनीति थालेका दुईजनाबीच नै प्रतिस्पर्धा हुने भएको छ, जुन अहिले छुट्टाछुट्टै दलमा छन् ।

एमालेले जिल्ला अध्यक्ष रवीन्द्रराज शर्मालाई चुनावी मैदानमा उतारेको छ भने  गठबन्धनबाट एकीकृत समाजवादीका अम्मर थापा उम्मेदवार छन् । निवर्तमान सांसद शर्मालाई एमालेको विरासत जोगाउन चुनौती छ । थापा कांग्रेस र माओवादीको सहयात्रामा जित निकाल्न चाहन्छन् ।

लामो समय एमाले दैलख पार्टीसचिव रहेका थापा एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्ष हुन् । कर्णाली प्रदेशका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा थापासहित तत्कालीन एमालेका चार सांसदले फ्लोर क्रस गरेका थिए  । त्यतिखेर उनी कर्णाली प्रदेशको भौतिकमन्त्री पनि बने ।

शर्मा र थापाको प्रतिस्पर्धामा राप्रपा महामन्त्री कुन्तीकुमारी शाही चुनौती बनेकी छिन् ।  यसअघि समानुपातिकबाट संविधानसभा सदस्य बनेकी शाही कर्णाली प्रदेशमा संघमा प्रत्यक्ष निर्वाचन होमिएकी दैलेखको पहिलो महिला हुन् । 

०७४ को प्रतिनिधिसभा निर्वाचनमा शर्मा २३ हजार सात सय ७३ मतसहित विजयी हुँदा राप्रपाका दीपककुमार शाहीले १७ हजार दुई सय ५२ मत पाएका थिए । त्यतिखेर यहाँ राप्रपा–कांग्रेसले सहकार्य गरेका थिए  ।

शर्मा आफू सांसद छँदा विद्युतीकरणका लागि पहल गरेको तथा पेट्रोलियम अन्वेषणको काम अन्तिम टुँगोमा पुर्‍याउने काम गरेकाले जनताले फेरि जिताउने दाबी गर्छन् ।

नेपालगन्ज–सुर्खेत–दैलेख सदरमुकाम महाबु हुँदै जुम्ला–नाग्चेनाँग्ला सडकको सुरुवात आफ्नो पालामा भएको र कृषि, पर्यटन, शिक्षा स्वास्थ्यका क्षेत्रमा कानुन निर्माणसँगै प्रभावकारी काम गर्न बाँकी रहेकाले उम्मेदवारी दिएको शर्माले बताए ।

थापा आफू प्रदेशको भौतिकमन्त्री छँदा जिल्लाको विकासको खाका कोरेको दाबी गर्छन् । करोडौँ रकम प्रभावकारी विकासमा लगाएको उनको दाबी छ । दैलेख सदरमुकामदेखि पालिका जोड्ने रणनीतिक सडकको विस्तारमा बहुवर्षीय काम गरेको, कोरोना महामारीका वेलामा सात दिनमै कोरोना उपचार अस्पताल निर्माण गरेको उनले बताए ।

शाही एकपटक जनताबाट अनुमोदनका लागि आफू चुनावी प्रतिस्पर्धामा होमिएको बताउँछिन् । दैलेखमा पर्यटन प्रवर्द्धन, पूर्वाधार निर्माण, कृषिमा आधुनिकीकरण, व्यवस्थित विद्युतीकरणका काम आफ्ना एजेन्डा रहेको उनले बताइन् । निर्वाचनका लागि दैलेखमा दलहरूले चुनावी अभियान तीव्र पारेका छन् ।  

स्थानीय चुनावमा कांग्रेस पहिलो दल, एसलाई कांग्रेसकै भर
३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको नतिजा हेर्ने हो  भने दैलेख– १ मा कांग्रेस पहिलो शक्ति छ ।   दैलेख– १ का ६ पालिकाको मतभार हेर्दा कांग्रेसको मत २१ हजार दुई सय ५७ छ  । तर, प्रतिनिधिसभामा उसका उम्मेदवार छैनन्, एकीकृत समाजवादीलाई सहयोग गरेको छ  

एकीकृत समाजवादीको मत ५५ सय रहँदा उसैलाई सहयोग गरेको माओवादी केन्द्रको मत ६ हजार छ ।  एकल निर्वाचनमा उत्रिएको एमालेको मत भने १९ हजार आठ सय छ । राप्रपाको मत तीन हजार मात्र छ ।

कांग्रेसको मतभार धेरै भए पनि टिकट नपाएपछि असन्तुष्टि बढेकाले त्यसको फाइदा लिने दाउमा एमाले र रापप्राका नेताले कसरत गरेका छन् । एकीकृतका थापा भने एमालेको मत तान्ने कसरतमा छन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि यहाँबाट नेपाल मजदुर किसान पार्टीका प्रकाश गुरुङ,   कांग्रेस (बिपी) का भूपालबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका इन्द्रप्रसाद शर्मा तथा स्वतन्त्र उम्मेदवार निरखबहादुर थापा र गोपाल नेपाली प्रतिस्पर्धामा छन् ।  

निरख र भूपाल कुनै समय कांग्रेस राजनीतिमा थिए । तर, यसपटक यो क्षेत्रमा गठबन्धनबाट एकीकृत समाजवादीका थापाले टिकट पाएपछि निरख र भूपाल हौसियका छन् । कारण, कांग्रेसको मत पाउने आशा उनीहरूमा छ ।

गोपालले एमालेको मत काट्ने आकलन गरिन्छ । उनी लामो समय एमालेमा थिए । एमाले र गठबन्धनका उम्मेदवारको मत काटिँदा आफूले फाइदा उठाउने कुन्तीको दाबी छ

प्रदेश सभामा पनि रोचक भिडन्त
दैलेख– १ प्रदेश सभा (क) र (ख) मा १० जना चुनावी मैदानमा छन् । प्रदेश सभा (क) मा एमालेबाट धर्मराज रेग्मी र गठबन्धनबाट कांग्रेसका पूर्णबहादुर खत्री मुख्य प्रतिस्पर्धी हुन् । 

नेपाल मजदुर किसान पार्टीका जगतबहादुर ओली, राप्रपाका हृदयराज शाही, स्वतन्त्र उम्मेदवार चित्रबहादुर खत्री पनि छन् । 

०७४ को प्रदेश सभा निर्वाचनमा यहाँबाट एमालेका धर्मराज रेग्मीले कांग्रेसका पूर्णबहादुर खत्रीलाई हराएका थिए । खत्री माओवादी र एकीकृत समाजवादीको मतको सहायता पनि लिएर पाँच वर्षअघिको बदला लिने होडमा छन् । 

(ख) एमालेका प्रेमबहादुर थापा, गठबन्धनबाट कांग्रेसका कृष्णकुमार विसी, नेपाल मजदुर किसान पार्टीकी लक्ष्मीकुमारी सिंह, राप्रपाका रणबहादुर सिंह प्रतिस्पर्धामा छन् । गठबन्धनविरुद्ध एकीकृत समाजवादीका केन्द्रीय सदस्य टेकबहादुर खानले बागी दिएका छन् ।

ad
ad