१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १७:५o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ओली भन्छन्- सडकमा 'म प्रधानमन्त्री बन्छु' भन्ने मेला चल्या छ 

सत्तागठबन्धनले साझा घोषणापत्र ल्याउन नसकेकाेमा ओलीको कटाक्ष 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:५o:oo

नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाँचदलीय गठबन्धनले साझा कार्यक्रम एवं घोषणापत्र दिन नसकेको बताएका छन्।

एमाले जिल्ला निर्वाचन परिचालन कमिटी कास्कीले सोमबार पोखरामा आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। 

उनले कुनै गन्तव्य, नीति, विचार, कार्यक्रम, योजना नभएका दलहरूले गठबन्धन गरेको आरोप लगाए। सबै दलले छुट्टाछुट्टै घोषणापत्र सार्वजनिक गरेको प्रसंग निकाल्दै उनले कुनचाहिँ कार्यान्वयन गर्ने हो, यो गठबन्धनले ? प्रश्न गरे। 

उनले गठबन्धन दिशाहीन रहेको आरोप लगाए। उनले भने, ‘सबैका कार्यक्रम सबैका विचार मिसाएर एकैपटक कार्यान्वयन गर्ने हो कि के गर्छ गठबन्धन? धान पनि मिसाउने, चामल पनि मिसाउने, कनिका पनि मिसाउने अनि पकाउने।’

ओलीले गठबन्धन सत्ता टिकाउन देशभित्र जनता अलमल्याउने, विदेशीका अगाडि घुँडा टेक्ने गरेको आरोप लगाए।ओलीले प्रधानमन्त्री काे बन्ने भन्ने विषयलाई लिएर केही समयपछि देउवा र प्रचण्डबीच ठूलै लफडा सुरु हुने दाबी गरे।निर्वाचनलाई उत्सवको संज्ञा दिँदै ओलीले भने, ‘केही कलाकार आएका छन्, कोही पत्रकार आएका छन्, त्यस्ता पनि निस्केका छन्। सडकमा अब म प्रधानमन्त्री बन्छु भन्ने रमाइलो छ।’        

 ‘मैले दार्चुल गएर बोल्दा हाम्रो भू–भाग फिर्ता ल्याउनुपर्छ भने। त्यसको भोलिपल्ट प्रधानमन्त्री देउवाजीले जवाफ दिँदै भाषण र कुरा गर्दैमा फिर्ता आउँछ भन्नुभयो। म कठैबरा भन्न चाहन्छु, सम्माननीय प्रधानमन्त्री भए पनि। नेपालको उत्तरमा कांग्रेसका तत्कालीन सभापतिसमेत रहेका प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले २००८ सालमा सम्झौता गरेर १७ वटा भारतीय सैन्य पोस्ट उत्तरको सीमामा लगेर राखेका थिए। ०२६ सालमा कीर्तिनिधि विष्टले सोही चेकपोस्ट हटाउन भारतलाई भनेका थिए, तर मानेन।’ 

संविधान परमादेशले मारेको हो 

ताजा जनादेशमा जान संसद् विघटन गर्नुलाई प्रतिगमन भनेर गलत ढंगले व्याख्या गरिएको भन्दै ओलीले गुनासो गरेका थिए। उनले आफूले संविधानमा भएको कुनै धारा नकुल्चिएको दाबी गर्दै प्रतिगामी काम गठबन्धनले गरेको आरोप लगाए।  

हाल संविधान मार्यो, उल्लंघन गर्यो, हामीले बचायाैँ भनेर पाँच दलले भन्ने गरेको भन्दै ओलीले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवाजीले संविधान मार्यो, उल्लंघन गर्यो, हामीले बचायाैँ भनेर हिँड्नुभएको छ। संविधान त परमादेशमार्फत उहाँहरूले मार्नुभएको थियो, संसदबाट हुनुपर्ने काम अदातलबाट गराएर, सेटिङमार्फत, संविधान त उहाँहरूले मार्नुभएको थियो।’