Skip This
दाताको सहयोगमा निर्मित सिन्धुपाल्चोकका दुई विद्यालय र स्वास्थ्यचौकी भवन हस्तान्तरण
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
Invalid date format ११:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दाताको सहयोगमा निर्मित सिन्धुपाल्चोकका दुई विद्यालय र स्वास्थ्यचौकी भवन हस्तान्तरण

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
Invalid date format ११:२७:oo

जर्मनी दाता संस्था नेपाल हिल्फे बाइलङग्रिसले चौतारा साँगाचोकगढी नगरपालिकामा तीन विद्यालय र एक स्वास्थ्यचौकी भवन तयार गरी सम्बन्धित पक्षलाई हस्तान्तरण गरेको छ।

नेपाल हिल्फे बाइलङग्रिस जर्मनीको आर्थिक सहयोगमा निर्माण गरिएको सेतीदेवी आधारभूत विद्यालय कदमवास, ज्ञान मन्दिर शिक्षक होस्टल मेलचौर, समाज विकास आधारभूत विद्यालय बतासे र कुभिण्डे स्वास्थ्यचौकीको भवन जर्मनबाट हालै नेपाल आएका संस्थाका अध्यक्ष मानफ्रेड लिन्डरले हस्तान्तरण गरेका हुन्।

विगत ३० वर्षदेखि सिन्धुपाल्चोकको विभिन्न ठाउँमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको यो संस्थाले भूकम्पपछि क्षति भएका  विद्यालय र स्वास्थ्य भवन पुनर्निर्माण गरेको हो।

करिब ६ करोड लागतमा निर्माण गरिएका उक्त संरचना निर्माणका लागि दुई वर्ष लागेको र कोभिडका कारण केही ढिलाइ भएको संस्थाका नेपाल संयोजक श्याम पण्डितले जानकारी दिए। हिल्फेले जिल्लामा हालसम्म २१ विद्यालय र एउटा स्वास्थ्यचौकी निर्माणमा सहयोग गरिसकेको छ।