१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ कार्तिक २१ सोमबार ०८:१८:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

प्राकृतिक सुन्दरताले भरिपूर्ण कालिञ्चोक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ कार्तिक २१ सोमबार ०८:१८:००

दोलखास्थित कालिञ्चोक मन्दिर दर्शन गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ । त्यही कारण यस मन्दिरमा ठूलो संख्यामा भक्तजनहरूको भीड लाग्ने गर्छ । पर्यटकीय दृष्टिले पनि यो क्षेत्र निकै सुन्दर मानिन्छ । 

समुद्री सतहबाट तीन हजार आठ सय ४२ मिटर उचाइमा रहेको कालिञ्चोक हिउँ पर्दा निकै खुलेको देखिन्छ । मौसम खुलेको समय कालिञ्चोकबाट गौरीशंकरसहितका धेरै हिमशृंखलाको राम्रो भ्यु देखिन्छ । त्यसैले मन्दिर दर्शन र दृश्यावलोकन दुवैका लािग बिहानको समय उपयुक्त हुन्छ । त्यसका लागि काठमाडौंबाट हिँडेको दिन चरीकोट हुँदै कुरी बजार पुगेर वास बस्न सकिन्छ । यो बजार पनि रमणीय छ ।

ठूलो संख्यामा आन्तरिक पर्यटक आउने गरेकाले यहाँ प्रशस्त मात्रामा गेस्ट हाउस र रेस्टुरेन्ट खुलेका छन् । यहाँ एक रात बसेपछि भोलिपल्ट सबेरै झन्डै ४५ मिनेट उकालो हिँडेर वा केबुलकारमार्फत छोटो समयमै पनि कालिञ्चोक पुग्न सकिन्छ । मन्दिर दर्शनपछि फेरि कुरी फर्किएर चरिकोट हुँदै काठमाडौं आउन सकिन्छ । अहिलेको मौसममा त्यहाँ निकै जाडो हुने भएकाले बाक्लो ज्याकेट, पन्जा, टोपीलगायत शरीरलाई न्यानो राख्ने कपडा लगाएर जानुपर्छ ।