१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १८:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कालीगण्डकीमा र्‍याफ्टिङ सुरु भएसँगै बढे आन्तरिक पर्यटक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:२८:oo

पाल्पाको रानीमहल क्षेत्रस्थित कालीगण्डकी नदीमा र्‍याफ्टिङ सुरु भएसँगै पर्यटकको आकर्षण बढेको छ। र्‍याफ्टिङप्रति आन्तरिक पर्यटकको मोह बढेपछि प्रेमको प्रतीक रानीमहल घुम्न पुग्ने पर्यटकसमेत बढेका छन्। 

कोभिड १९ का कारण करिब दुई वर्ष थलिएको पर्यटनलाई तंग्याउन र्‍याफ्टिङले आकर्षित गरेको रानीमहल घुम्न पुगेका पर्यटक सरस्वती शर्मा र विष्णु पौडेलले बताए। कोरोनाका कारण थलिएको पर्यटन व्यवसाय विस्तारै उठ्न थालेको र आमनागरिकहरूले पनि यस्ता सुन्दर स्थानको भ्रमण गर्न मन पराइरहेको बताए।