Skip This
मतदाताका गुनासा सुन्न प्रदीपले ल्याए हटलाइन  
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मतदाताका गुनासा सुन्न प्रदीपले ल्याए हटलाइन  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१७:oo

कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले हटलाइन नम्बर सार्वजनिक गरेका छन्। पौडेलले काठमाडौं ५ का मतदाताका समस्या र सुझाब संकलनका लागि हटलाइन नम्बर सार्वजनिक गरेका हुन्। 

‘चुनावी घरदैलोमा प्रत्येक मतदाताकहाँ जानेक्रममा कतै सम्पूर्ण सदस्य कामकाजमा व्यस्त भएकाले निवासमा भेटिनुभएन भने कतै परिवारका सदस्यलाई भेट्न पाइएन,’ प्रदीपले भने, ‘जसलाई मैले चाहेर पनि भेट्न सकिनँ उहाँहरूले फोनबाटै सल्लाह सुझाब दिनुहुनेछ भनेर मैले हटलाइन नम्बर सार्वजनिक गरेको हुँ। तपाईंहरूको सुझाब काठमाडौं ५ का निम्ति मार्गनिर्देशन बन्नेछ। त्यही सुझाबलाई नै आत्मसाथ गर्दै अघि बढ्नेछु।’ 

त्यसैले, सार्वजनिक नम्बरमा पौडेलसहित काठमाडौं ५ को प्रदेश सभातर्फका उम्मेदवारलाई मतदाताले आफ्नो क्षेत्रको समस्या र सुझाब रेकर्ड गर्न सक्छन्। काठमाडौं ५ को प्रदेश सभा ‘क’मा कांग्रेसका भैरव सापकोटा र प्रदेश ‘ख’ मा श्यामबहादुर खड्का चुनावी मैदानमा छन्।