
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विदेशमा नेपालीहरूले आर्जन गरेको सीपलाई नेपालमै लगाउने वातावरण एमालेले बनाउने बताएका छन्।
प्रवासी नेपाली मञ्चको प्रथम अधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले एमालेले घोषणापत्रमा रोजगारी र लगानीलाई विशेष प्राथमिकता दिएको जिकिर गरे। विदेशमा रहेका नेपालीहरूले आफूसँग भएको सीप, धन र क्षमतालाई मातृभूमिको सेवामा लगाउन चाहेकाले त्यसका लागि अनुकूलको वातावरण र नीति एमालेले बनाइरहेको बताए।